प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०८०
अबैध भन्सार छलीका सामान बरामद
२०८०-०२-३२

कञ्चनपुर- मिति २०८०/०२/३१ गते राती जिल्ला कञ्चनपुर बेलौरी नपा २ बैजुडाडा र ऐ.६ बैशाखा चोक स्थित, अबैध रुपमा भंन्सार छलिका गरि ल्याएका  अं. रू २४,६००।– बराबरका चिनि, गुड, डिउ ( पिय पदार्थ), खाने तेल लगायतका सामानहरु सु.प.प्र.प्र.का.धनगढी कैलाली, ईलाका प्रहरी कार्यालय बेलौरी  र प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले  बेवारीसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको हो यसैगरि, बुधबार साँझतिर जिल्ला कञ्चनपुर भि.न.पा.१० गड्डाचौकी स्थित भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१२,८००।– बराबरका चिनी, मैदा र बिस्कुट ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । कैलाली- मिति २०८०।०२।३१ गतेको साँझतिर जिल्ला कैलाली कैलारी गा.पा. ३ निबुवाबोझी स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. २२,५००।– बराबरका सिद्रा माछा सहित ३वटा साईकल वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०२-३१

कञ्चनपुर- मिति २०८०/०२/३१ गते दिउसो  जिल्ला कैलाली शुक्लाफाटा.न.पा.१ बन्साह चौराह स्थित अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी रु. ९,०००।– बराबरको चिनी, बिडी लगायतका सामानहरु अस्थाई प्रहरी पोष्ट बन्साह कञ्चनपुरबाट खटिई गएको प्रहरी  टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।कैलाली, बुधबार दिउसो जि.कैलाली धनगढी उप-महानगरपालिका ३ कर कार्यालय नजिक भारतबाट भन्सार छलि गरी ल्याएका अ.मुल्य रू.३०,०००।- बराबरको चिनी, पास्ता,प्लाष्टिक झिल्ली,कोक,लगायतका मालसामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले  बेवारीसे अवस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो । यसैगरि,बुधबार दिउसो  जि.कैलाली धनगढी उप-महानगरपालिका ४ बसपार्क स्थित भारतबाट भन्सार छली गरी ल्याएका  अं.मुल्य रू.८५,७५०।– बराबरको प्लाष्टिक चप्पल वडा प्रहरी कार्यालय धनगढी  कैलालीबाट खटिई गएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो । 

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२४

कञ्चनपुर:- मिति २०८०।०२।२३ गतेको साँझतिर भिमदत्त न.पा.६ ऐठपुर स्थित जमुना सार्कीको घर कोठाबाट ०.२६ ग्राम लागु औषध खैरोहेरोईन सहित ऐ.ऐ.बस्ने बर्ष २१ को रबिन्द्र चन्द,ऐ.ऐ.बस्ने बर्ष १९ को दिवस चन्द र ऐ.ऐ.बस्ने बर्ष १८ की कञ्चन आग्री समेतलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार राती जि.कञ्चनपुर वेदकोट.न.पा. ७ लालपुर बस्ने बर्ष अं. ४३ को गणेश सिह भण्डारीलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट रेक्सोजोशिक नामक २ सिसी र फेनार्गन १ सिसि सहित फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी सुडाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलीका सामानहरु पक्राउ
२०८०-०२-२४

कैलाली:- मिति २०८०।०२।२३ गतेको साँझतिर धनगढी उप-महानगरपालिका ४ ओमशान्ती टोल  स्थित भारतबाट भन्सार छली गरी ल्याएको लेडिज कुर्ती थान ५०० गरी अं.मुल्य २,००,०००।– (दुई लाख) बराबरको सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।      यसैगरि,मंगलबार साँझतिर जि.कैलाली भजनी न.पा.१ पडरिया चोक स्थित भन्सार छली गरि ल्याएका पेप्सी,आन्टी,सुपारी गरि अन्दाजी रु. २५,०००।- (पच्चिस हजार) बराबरको सामानहर  बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उल्लेखित सामानहरु पक्राउ गरेको हो ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-२१

कैलाली:- मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल स्थित गोदावरी नगरपालीका ५ बस्ने बर्ष १७ को साजन जहेरु लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट ४९० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   यसैगरि, मिति २०८०/०२/२० गतेको साँझतिर जि. कैलाली टिकापुर न.पा. ९ खक्रौला चेक पोष्टमा भारतबाट नेपाल तर्फ  आउदै गरेको ऐ.जानकी गा.पा. ९ पुर्वीखैरीफाँटा बस्ने बर्ष २५ को सागर कडारालाई शंका लागी चेकजाँच गर्ने क्रममा  निजको साथबाट कुल तौल ९४० मिली ग्राम लागु औषध खैरोहेरोईन फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका समान बरामद
२०८०-०२-१६

कैलाली- मिति २०८०।०२।१५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महागरपालीका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका  अं. मूल्य रू. १,२३,५६५।- बराबरको चिनी, मिठाई, पास्ता, नमकिन, सोडा, धोती, सुट, सुर्ति लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरि पक्राउ गरी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाईएको हो । कञ्चनपुर:- मिति २०८०।०२।१५ गते ई.प्र.का.झलारी  र अ.प्र.पोष्ट बन्साहबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जि.कञ्चनपुर शुक्लाफाटा न.पा.१२ कालागौडी स्थित कलुवापुर बेलौरी सडक खण्डमा जिल्ला कञ्चनपुर लालझाडी गा.पा.३ बस्ने बर्ष अ.३८ को राम बहादुर चौधरीले चलाएको म १ प ८५२ नं.को मो.सा.मा भन्सार छलि गरी ल्याएका २५ किलो माछा र १ क्विन्टल २५ किलो बोईलर कुखुरा सहित बरामद गरी आवश्यक कारबाहीका लागि ई.प्र.का.झलारीमा ल्याई उक्त माछा, कुखुरा प्रहरीले सम्बन्धित निकायहरुको रोहबरमा रितपुर्वक नष्ट गरिएको हो र मो.सा, मो.सा.चालकलाई आवश्यक कार्वाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको हो ।

जुवातास खेलिरहेका मानिसहरु पक्राउ
२०८०-०२-१६

कञ्चनपुर- वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भि.न.पा.४ बसपार्क स्थित लाल बहादुर चौधरीले सञ्चालन गरेको रतगैया होटेलबाट  सोमबार दिउसो जुवातास खेलिरहेको अबस्थामा लाल बहादुर चौधरी सहित निम्न स्थान बस्ने १० जना मानिसहरु, नगद रु. १,५६,२९५।- ( एक लाख छपन्न हजार दुई सय पञ्चानब्बे), ६ गड्डी तास र मोबायल थान-११ सहित  प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।                                निम्न:-१. जिल्ला कञ्चनपुर भि.न.पा.४ बस्ने लाल बहादुर चौधरी २. ऐ.ऐ. बस्ने बर्ष ४९ को मुन्ना भन्ने धिरेन्द्र चौधरी३. ऐ.ऐ. ११  बस्ने बर्ष ३८ को प्रकाश थापा४. ऐ.ऐ. ४ बस्ने बर्ष ३६ को  सञ्जु राना मगर५. ऐ.ऐ. १८ बस्ने बर्ष ३७ को नारायण चन्द६. ऐ.ऐ. १ बस्ने बर्ष ३२ को राकेश साँउद७. ऐ.ऐ. बस्ने बर्ष ४४ को  देब राज नाथ८. ऐ.ऐ. बस्ने बर्ष ४० को शेर सिंह बिष्ट९. ऐ.ऐ. बस्ने बर्ष ३५ को धर्मानन्द भट्ट१०. ऐ.ऐ. बस्ने बर्ष ३५ को हर्क बोहोरा

अबैध भन्सार छलीका सामान बरामद
२०८०-०२-१४

कैलाली- मिति २०८०।०२।१३ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइको प्रहरी टोलिले जि.कैलाली धनगढी उप-महागरपालीका ३ स्थित अन्दाजी रू.३५,०००।- बराबरको  सोडा, स्कुटर, टायर, खुर्सानी, चिनी, अचार, मिठाई, बिस्कुट, दाल, लगायतका सामानहरु वेबारिसे अवस्था फेला पारी  बरामद गरी आवश्यक कारवाहीका लागी प्रहरीले कैलाली भन्सार कार्यालयमा बुझाईएको हो । कञ्चनपुर- यसै गरी, सोहि दिन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जि. कञ्चनपुर  पुनर्वास न.पा. ६ स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. ४१,०००।– बराबरको  Wireless speaker, Golden crown original combo Lcd, Nitro LCD combo touch, Premium Lcd combo, Diamond Quality mobile Folder lcd touch, Premium tempered glass-लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी प्रहरीले सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको हो । 

लागु औषध सहित मानिस प्रकाउ
२०८०-०२-१४

कञ्चनपुर- मिति २०८०।०२।१३ गते सुदूरपश्चिम  प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी कैलाली र प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि. कञ्चनपुर बेलौरी नपा १० स्थित जिल्ला कञ्चनपुर बेलडाँडी गापा १ बस्ने बर्ष २१ को अर्जुन चौधरी र ऐ. बेदकोट नपा ४ दैजी बस्ने बर्ष १९ को रोशन चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट  ६.९२ ग्राम खैरोहिरोईन फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो ।         यसै गरि, कैलाली- मिति २०८०/०२/१३ गते अस्थाई प्रहरी पोष्ट अम्बिकाटोल कैलालीबाट खटि गएको प्रहरी टोलीले जि.कैलाली  धनगढी उमनपा ११ स्थित  ऐ. गोदावरी न.पा. ६ बड्याहा बस्ने बर्ष अं.२३ को शुनिल राना, ऐ.ऐ. बस्ने बर्ष २६ को करन राना, ऐ. ध.उ.म.न.पा. ११ बस्ने बर्ष २३ को असोक राना र ऐ. बस्ने बर्ष १९ को राम सुरेश राना लाई शंका लागी चेकजाँच गर्दा शुनिल राना को साथ बाट १०० मिलिग्राम ला.औ. खैरोहेरोइन फेलापारी बरामद निज चारै जनाहरूलाई प्रहरीले  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान बरामद
२०८०-०२-१२

कञ्चनपुर- मिति २०८०/०२/११ गते ईलाका प्रहरी कार्यालय गड्डाचौकी,त्रिभुबनबस्ती कञ्नचनपुर र मातहत अस्थाई प्रहरी पोष्ट बिट मझँगाउ कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुर जिल्लाका बिभिन्न वडा एरियाहरुमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.१,१८,४७५।– बराबरको मिस्री, कोकाकोला, चिनि, बिडि, आलु, झिल्ली, मसाला, लागायतका सामानहरु सहित  साइकल र UP 31 AJ 5703 नम्बरको मो.सा. बेबारीसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको हो । कैलाली- मिति २०८०।०२।११ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उमनपा २ स्थित  भारतबाट भन्सार छली ल्याएको अन्दाजी रु. २७,०००।-  बराबरको सर्ट, अचार, ललीपप, सुर्ति, , बिडि, लगायतका सामानहरु  बेवारीसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको हो । 

अबैध लागु औषध खैरोहेरोईन सहित मानिस पक्राउ
२०८०-०२-१२

कैलाली:- जि.कैलाली टीकापुर नपा ९ खर्गौला स्थित जानकी गापा ४ जानकीनगर बस्ने बर्ष २१ को दिपेश चन्द्रको साथबाट ५ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेलापारी निजलाई नियन्त्रणमा लिएको हो । निजलाई मिति २०८०।०२।११ गते दिउसो प्रहरी चौकी कालाकुण्डाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरि,कञ्चनपुर:- जि.कञ्चनपुर भिमदत्त न.पा.४ ओपेरा होटेल अगाडी मनिषा राना मगरको पसल भित्र ऐ.बस्ने बर्ष २९ को लोकेन्द्र राना मगरको साथबाट रेक्सोजेसिक १३४ एम्पुल ,डाइजाफाम ८ एम्पुल,फेनार्गन १३४ एम्पुल र ऐ.ऐ.बस्ने बर्ष २० को पारस बादीबाट फेनार्गन २४ एम्पुल, रेक्सोजेसिक २४ एम्पुल फेला पारी निजहरुलाइ नियन्त्रणमा लिएको हो । निज दुबै जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागूऔषध सहित मानिस पक्राउ
२०८०-०२-०८

कैलाली- मिति २०८०।०२।०७ गते ला.औ.ब्युरो महेन्द्रनगर कन्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उमनपा ७ जोखर स्थित जिल्ला बझाङ् छविस पाथीभरा गा.पा.३ बस्ने बर्ष ३५ को शिवराज उपाध्यायको साथबाट ४३६ ग्राम ला.औ.(चरेश) सहित फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसै गरि सोही ईलाका प्रहरी कार्यालय जोशीपुर खेलालीवाट खटिएको प्रहरी टोलीले जोशिपुर गा.पा. ४ हस्नापुर स्थित लम्कि चुहा न.पा. ४ बलिया बस्ने बर्ष २० को लोकेन्द्र न्यौपाने ,ऐ. ६ गुलारा बस्ने बर्ष २३ को भिम जोशी र ऐ.९ प्रतापपुर बस्ने बर्ष २४ को हिक्मत परियारको साथबाट १.५४ मि.लि. ग्राम लागूऔषध खैरो हेरोइन बा प्र ०२०४२ प ६८३२ न.को मो.सा. सहित बरामद गरि नियन्त्रणमा लिएको हो ।  आईतवार वेलुका जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका २ त्रिनगर ब्यारेल नजिक जिल्ला कैलाली गोदावरी न.पा.८ बस्ने बर्ष २६ समिर चौधरीको साथबाट ७५ मिलिग्राम ला.औ. खैरोहेरोईन फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  कञ्चनपुर- मिति २०८०।०२।०७ गते सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र प्र.चौ.परासनबाट  खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास न.पा. ११ डोकेबजार स्थित ऐ.ऐ. बस्ने वर्ष ४६ को ऋषी  राम कँडेलको साथवाट ८७० मिलि ग्राम ला.औ. खैरोहेरोईन फेला पारी निजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको । 

भारतवाट ल्याई भन्सार छलि चोरी निकासीका सामान सहित मानिस पक्राउ
२०८०-०२-०७

कञ्चनपुर- मिति २०८०/०२/६ गते ईलाका प्रहरी कार्यालय बेलौरी, बेल्डाडीवाट खटिएको प्रहरी टोलीले अन्दाजी रु. ६३,०००।- प्लाष्टिकका कुर्ची, गहु १ क्वीन्टल बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । बोईलर कुखुरा स्थानीय जनप्रतिनिधि, प्रत्रकार बुद्विजिवीको रोहवरमा नष्ट गरेको, अन्य सामान कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको । कैलाली- मिति २०८०।०२।०६ गते जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयहरुवाट खटिएको प्रहरी टोलीले कैलाली जिल्लाको बिभिन्न स्थानहरुवाट भारतवाट भन्सार छलि चोरी निकासी गरि ल्याईएका अन्दाजी रु. ५०,५००।- बराबरको घडी सावुन,  सुर्ती, बिडी, मिठाई लगायतका सामान र भारत जिल्ला खिरी पलिया बस्ने बर्ष ६५ को अहेमद खान समेतलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-०२-०६

कञ्चनपुर- ईलाका प्रहरी कार्यालय गड्डाचौकी कंचनपुरबाट मिति २०८०।०२।०५ गते खटिगएको प्रहरी टोलीले  भिमदत्त न.पा.१० विद्युत कार्यालय अगाडी पुर्व पश्चिम राज मार्गमा जिल्ला कञ्चनपुर वेदकोट न.पा.१० बस्ने मनिषा पालले भारत बाट भन्सार छली गरी ल्याएको अ.रु.४,४००/- बराबरको दाल, धनिया लगायतका सामानहरु फेला पारी बरामद गरी निज मनिषा पाललाई समेत प्रहरीले नियन्त्रणमा लीई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकिमा बुझाईएको हो ।यसैगरी, मिति २०८०/०२/६ गते प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले बेलौरी न.पा. २ नेपाल भारत सिमानामा पर्ने ५ गज पिलर नजिक बोईलर कुखुरा २४ पिस अ. (५० के.जि. ) अ. मुल्य १००००।- र २.५ लिटर चिसो डिउ ३ बोतल अ. मुल्य ६०० ।– गरी जम्मा रु १०,६००।– बरावरको बेवारीसे मालसामान बरामद गरी प्रहरी चौकी टेडुवामा ल्याई माथि उल्लेखित बोईलर कुखुरा र डिउ पेय पदार्थ स्थानिय जनप्रतिनिधि स्थानिय संचारकर्मी,स्थानिय मानिसहरुको रोहबरमा नष्ट गरेको ।यसैगरी, मिति २०८०।०२।०५ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय बेल्डाँडी कञ्चनपुरबाट खटिगएको सुयुक्त प्रहरी टोलीले जि कञ्चनपुर बेलडाँडी गा.पा.३ वैवाह स्थित अबैध भन्सार छलीका अन्दाजी रु.७१,८५०।– बराबरको चिसो पिय पदार्थ डिउ,कोका कोला, मजा, मैदा, चिनि,नम्किन,कालो प्लाष्टिक,सुर्ती लगायतका सामानहरु वेबारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो ।कैलाली-मिति २०८०/०२/०५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न वडा एरियाहरुबाट अबैध रुपमा भन्सार गरि ल्याएका अन्दाजी रु. २३,०००।– बराबरको  सुट, सुरुवाल, चिनि, ईम्ली, कुर्ती, भेष्ट, पिस, सुर्ती, आन्टी, चक्लेट वेवारिसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले आवश्यक कारवाहीका लागी सम्बन्धित भन्सासर कार्यालयमा बुझाईएको हो ।

अबैध भन्सार छलका सामान सहित मानिस पक्राउ
२०८०-०२-०५

कञ्चनपुर:- मिति २०८०/०२/०४ गते   सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय बेलौरी, त्रिभुवनबस्ति र गड्डाचौकी कञ्चनपुरवाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुर जिल्लाका बिभन्न स्थानहरुवाट अन्दाजी रु. २,२८,९००।-  बराबरको सामान र जि. कञ्चनपुर बेदकोट न.पा.३ दैजि.बस्ने बर्ष ३४ की राधा सार्की, भारत सैजानपुर बस्ने निरज, सोनु, टिटु, बाबु, राजकुमार र भारत बरेली जिल्ला भोजीपुर बस्ने मो ईरफान र ऐ.ऐ.बस्ने ईमराना, म. १ प ३२४० नं. को मो.सा. साईकल र रिक्सा उक्त सामान  सहित बरामद गरि आवश्यक कार्वाहीको लागी भन्सार कार्यालयहरुमा बुझाईएकोकैलाली:- मिति २०८०।०२।०४  गते  जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न स्थानहरुवाट अन्दाजी रु ३६,०००।- बराबरको  ईलेक्ट्रिक रन्दा मेसिन, चेक भल्भ, लेदर वकेट सोली पाईप लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहिको लागि भन्सार कार्यालयहरुमा बुझाईएको । 

अबैध भन्सार छलीका सामानहरु सहित मानिस पक्राउ
२०८०-०२-०२

कैलाली, मिति २०८०/०२/०१ गतेको साँझतिर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा ३ मिलन चोक स्थित भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु.१९,०००।- बराबरको खाने तेल,चिनी,पास्ता,मैदा लगातका सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।     यसैगरि,मिति २०८०/०२/०१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनी कैलालीबाट संयुक्त खटिई गएको प्रहरी टोलीले जि कैलाली भजनी न पा ५ लखरायघाट स्थित अन्दाजी रु.३७,८३०।–बराबरको सामानहरु बिडि,सुर्ती,पेय      पदार्थ लगायत संलग्न लखिमपुर खिरी भारत बस्ने बर्ष २४ को गोपाल गौरबलाई साईकिल सहित प्रहरीले पक्राउ गरेको हो ।        कैलाली-मिति २०८०।०२।०२ गतेको बिहान अस्यी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उमनपा २ बसपार्क पछाडी नामथर वतन खुल्न नआएको चालकले चलाएको सु.प.प्र.०१००१ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखि अटो छोडी चालक भागी फरार भएको, उक्त अटो र अटोमा अन्दाजी रु.४,४४,०००।– बराबरको सामानहरु-साडी,धोती,खादा,ब्लाउजको कपडा लगायत सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर-मिति २०८०/०२/१ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी फटैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैध कुखूरा सहित अन्दाजी रु. १८,५००।–बराबरको पेय पदार्थ लगायतको सामानहरु बेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उल्लेखित सामानहरु सहित मानिसलाई प्रहरीले आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाएको हो ।

स्रोत नखुलेको पैसा सहित मानिस पक्राउ
२०८०-०२-०२

कैलाली, मिति २०८०।०२।०१ गतेको साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी चोक स्थित धनगढी उमहानगरपालिका १० बस्ने बर्ष २९ को अक्षय रानाले चलाएको सुपप्र ०१००९ प ३८०५ नं.को मो.सा.रोकी चेकजाँच गर्ने क्रममा निज चालक र पछाडी सवार ऐ.बस्ने बर्ष २८ को बिजय रानाको साथबाट नेपाली रू ५०० को ८२ नोट रू.४१,०००।–(एक चालीस हजार) र भारतीय नोट रूपयाँ रू ५०० को १८ गड्डी रू. ९,००,०००(नौ लाख) स्रोत नखुलेको रकम फेला पारी बरामद गरी निज दुबै जना सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ ।  

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-०१

कैलाली:- मिति २०८०/०१/३१ गतेको साँझतिर ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली टिकापुर न.पा. १ बस्ने बर्ष २८ को प्रकाश चौधरीको घरमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा निजको घर कोठामा चेकजाँच गर्दा ऐ.ऐ. बस्ने प्रकाश चौधरी लगायत,ऐ.ऐ. बस्ने बर्ष २७ को कृष्ण बराल र ऐ. भजनी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २३ को रतन जैशीलाई फेला पारी निजको साथाट १ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी रितपुर्वक बरामद गरि निज प्रकाश चौधरी, कृष्ण बराल, र रतन जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।           यसैगरि,आईतवार साँझतिर ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको प्रहरी टोलीले जि.कैलाली टिकापुर न.पा. १ स्थित विरेन्द्र विद्या मन्दिर उच्च माध्यामिक विद्यालयको खेल मैदान नजिक सडक खण्डमा जिल्ला अछाम विनायक पञ्चदेवल नगरपालिका वडा नं. ७ पुल्यतोला घर भई हाल जिल्ला कैलाली टिकापुर नगरपलिका वडा नं. १ ज्योती नगर स्थित कोठा गरि बस्ने बर्ष १८ को धिरेन्द्र बटालालाई शंका लागी चेकजाँच निजको साथबाट २९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी रितपूर्वक बरामद गरि निज धिरेन्द्र बटालालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<